४८ औँ ओभरमा २ रन २ विकेट, लुम्बिनी र वाग्मतीकाे बराबरी

 माघ ११, २०७७ आइतबार १८:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यान अफ द म्याच वाग्मतीका विपिन आचार्य ।

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेश र वाग्मती प्रदेशले बराबरी खेलेका छन् । मुलपानी क्रिकेट मैदानमा वाग्मतीले दिएकाे दुई सय २१ रनकाे लक्ष्य पछ्याएकाे लुम्बीनी ४८ औँ ओभरमा दुई सय २० मा अलआउट भयाे ।

आठ विकेट हातमा रहँदा अन्तिम तीन ओभरमा तीन रन चाहिएकाेमा लुम्बीनीले ४८ औँ ओभरकाे तेस्राे र अन्तिम बलमा विकेट गुमाउँदा खेल बराबरीमा सकिएकाे हाे । लुम्बिनीका लागि केसी प्रकाश र कृष्ण कार्कीले समान ३१–३१ रन बनाए । वाग्मतीका विपिन आचार्यले चार विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे वाग्मतीले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै दुई सय २० रन बनायाे । वाग्मतीका लागि आदिल खान र ईशान पाण्डेले अर्धशतकीय पारी खेले । त्यस्नै आकाश थापाले ३९ रन जाेडे । लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिए । 

खेल बराबरी भए पनि वाग्मती सेमिफाइनलमा प्रवेश गरेकाे छ भने लुम्बिनीको सेमिफाइनल यात्रा पुलिस र प्रदेश दुईबीचकाे खेलमा निर्भर रहेको छ । पुलिसले जित्दा समूह उपविजेता पुलिस सेमिफाइनलमा पुग्नेछ भने पुलिस पराजित भए लुम्बिनी सेमिफाइनलमा पुग्नेछ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया