ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

 माघ १३, २०७७ मंगलबार ८:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना ट्रक चालक पक्राउ परेका छन् ।

काठमाण्डौको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगर पक्राउ परेका हुन् ।

नियम विपरीत सामान लोड गरी ल्याएको पाइएपछि बा २ ख ८०६५ नम्बरको ट्रक चालक थापामगरलाई  सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले घुस दिन खोजेका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया