पुलिसलाई ३० रनले हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा

 माघ १४, २०७७ बुधबार १७:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

एपीएफले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याउने क्रममा पुलिसले ४९ ओभर २ बलमा अलआउट हुँदै मात्र एक सय ७३ रन बनाउन सक्याे । पुलिसका लागि पवन सर्राफले ४०, राशिद खानले ३४, दीपेन्द्र सिंह ऐरीले ३३, अनिल शाहले २१, आरिफ शेखले १६ र सागर ढकालले ११ रन बनाए । एपीएफका भुवन कार्कीले चार विकेट लिए भने कमल ऐरी, अभिनाश बोहरा र शरद भेषवाकरले समान दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे एपीएफले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै दुई सय तीन रन बनाएकाे थियाे । एपीएफका लागि शङ्कर रानाले सर्वाधिक ४४ रन बनाए । यस्तै भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल र कमल ऐरीले समान १९–१९ रन बनाए । कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनाश बोहरा ११ रनमा अविजित रहँदा सूर्य तामाङ एक रनमा अविजित रहे । पुलिसका आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए ।  

एपीएफले अब फाइनलमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । वाग्मती र आर्मीबीचको सेमिफाइनल खेल बिहीबार (भोलि) हुनेछ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया