रोल्पामा पेट्राेलियम पदार्थ बाेकेकाे ट्याङ्कर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

 माघ १५, २०७७ बिहिबार १५:५२:१५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

नेपालगञ्जदेखि रेउघा रोल्पा आउँदै गरेको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर रोल्पा नगरपालिका १ भदौरे मन्दिर नजिक अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याङ्कर चालक नेपालगञ्जका ३६ वर्षीय अर्पणचन्द्र सिंहको ज्यान गएको र सहचालक भारतका बहराइचका १९ वर्षीय सुनीलशङ्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा ज्यान गएको हो भने घाइते सहचालकको रेउघामा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ । ट्याङ्कर दुर्घटना हुँदा दुई हजार लिटर डिजल र नौ हजार लिटर पेट्रोल नष्ट भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया