सोलुखुम्बुमा आगलागीमा दुई बालबालिकाको ज्यान गयो

 माघ १७, २०७७ शनिबार १७:३१:६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालवालिकाको ज्यान गएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उहाँको नाति र नातिनीको ज्यान गएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरुमा पाँच वर्षकी गृष्मा निरौला र सात वर्षका सुगम निरौला रहेका छन् । घाँस राख्न बनाइएको मतनाको माथिल्लो तलामा घाँस लगायतका सामाग्री राखिएको र तल्लो तलामा आगो बाल्ने ठाउँ भएको पनि वडाध्यक्ष निरौलाले बताउनुभयो । बालवालिकाले आगो बाल्दा आगलागी भएको बताइए पनि कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया