अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात, खोप अभियान पनि प्रभावित

 माघ २०, २०७७ मंगलबार ८:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

न्यूर्योकसहितका सहरमा भारी हिमपात भएको बीबीसीले जनाएको छ । हिमपातका कारण न्यूयोर्क र न्यूजर्सी राज्य धेरै प्रभावित भएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ । 

अमेरिकाको राष्ट्रिय मौसम सेवा विभागले हिउँ आँधी न्यू इङ्ग्ल्यान्डतर्फ मोडिने जनाएको छ । हिमपातपछि न्यूजर्सीमा बस तथा रेल सेवा बन्द भएको छ भने न्यूयोर्कमा हवाइ सेवासमेत प्रभावित भएको छ । 

यस्तै, कोरोना भाइरसविरुद्धको खोप अभियान पनि भारी हिमपातका कारण प्रभावित भएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया