इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गयाे

 माघ २०, २०७७ मंगलबार १०:४६:१२ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गएको छ । 

माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा माइजोगमाई–५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रविन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ । 

भाइ खाल्डोमा डुबेपछि बचाउन गएका दाजुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया