नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघ्यो

 माघ २६, २०७७ सोमबार ८:४६:२४ | रासस
unn.prixa.net

काठमाण्डाै - नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।

गएको वर्षको चैतदेखि कोभिड-१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सेवाग्राहीले २४ घण्टा नै र हप्तामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । गएको पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकैपटक भीड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् ।

काठमाण्डाै उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चावहिल, सानो भर्‍याङ र जगातीमा रहेका कार्यालयमा परीक्षा दिने ठाउँको व्यवस्थापन गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया