राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका र एपीएफबीचको खेल हुँदै

 माघ २८, २०७७ बुधबार ११:४८:१४ | उज्यालो सहकर्मी

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् ।

यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया