सावित्राले गरिन् ६ गाेल, एपीएफकाे लगातार आठाैँ जित

 माघ २८, २०७७ बुधबार १८:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई आठ–शून्य गोलले हराएको छ । 

एन्फा कम्पलेक्स सातदोबाटोको मैदानमा भएको खेलमा एपीएफका लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन् । सावित्राले खेलकाे छैटाैँ, ३३ औँ, ४७ औँ, ६० औँ, ६२ औँ र ७९ औँ मिनेटमा गाेल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले खेलकाे पहिलाे मिनेटमै र ५४ औँ मिनेटमा दुई गोल गरिन् । 

याे जितसँगै एपीएफ आठ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् नै छ । चन्द्रपुर आठ खेलमा ६ अङ्कसहित छैटाैँ स्थानमा छ । 

प्रतियोगितामा बिहीवार चौदण्डीगढी र वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी र विराटनगर महानगरपालिका खेल्नेछन् ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया