रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धकाे कसुर गरेकाे आराेप

 माघ २९, २०७७ बिहिबार १३:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

याे पनि पढ्नुहाेस् ।

यसअघि ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेको थियो । हिजो काठमाण्डौमा भएको प्रचण्ड-नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।

झाँक्रीलाई पक्राउ नगर्न उहाँको निवास अगाडि नाराबाजी भएको थियाे ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया