गगन थापाको आक्राेश : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

 माघ २९, २०७७ बिहिबार १३:३९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा सरकारलाई प्रश्न गर्नुभएको छ, कर्तव्य निर्वाह छाडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

उहाँले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने भन्दै झ्यालखानाको सङ्ख्या थप्न भन्नुभएको छ ।

 याे पनि पढ्नुहाेस्

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया