मीनभवनबाट नेतृ झाँक्रीकाे स्टाटस : ‘साथीहरू धैर्य गर्नुहाेला, याे अन्तिम लडाइँ हाे’

 माघ २९, २०७७ बिहिबार १४:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राज्यविरुद्धकाे कसुर गरेकाे आराेपमा पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले याे अन्तिम लडाइँ भएकाे बताउनुभएकाे छ । 

पक्राउ परेपछि अपराध अनुसन्धान विभाग मीनभवन पुग्नुभएकी नेतृ झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले धैर्य गर्न पनि आग्रह गर्नुभएकाे छ । 

उहाँले लेख्नुभएकाे छ, ‘​राज्यविरुद्धकाे कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । साथीहरू धैर्य गर्नुहाेला, यो अन्तिम लडाइँ हो । आफ्नो ठाउँमा डटौँ ।’

झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए शितल निवास छाडेर नागरिकको माझमा आउन भन्दै विभिन्न आरोप लगाउनुभएको थियो । झाँक्रीको अभिव्यक्तिपछि उहाँलाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले प्रहरीलाई दबाब दिँदै आएका थिए ।

 याे पनि पढ्नुहाेस्

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया