२४ घण्टामा काेराेना सङ्क्रमणबाट पाँच जनाकाे ज्यान गयाे

 माघ २९, २०७७ बिहिबार १६:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५२ पुगेको छ । 

यस्तै २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार चार सय ३० पुगेको छ । 

यस्तै थप एक सय ११ जना निको भएर डिस्चार्ज भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले आइसाेलेशनमा रहनेकाे सङ्ख्या एक हजार सात सय १८ छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया