धादिङमा ट्रक र माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

 माघ २९, २०७७ बिहिबार १७:०:३० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङकाे थाक्रे गाउँपालिकामा बिहीवार ट्रक र मोटरसाइकल ठाेक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएकाे छ ।

धादिङबाट काठमाण्डौतर्फ जाँदै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा धादिङको नीलकण्ठ नगरपालिका ५ का ६० वर्षीय बलराम अधिकारी र उहाँका छोरा ३० वर्षीय डा. सुरेश अधिकारीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले बताउनुभयो ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएकाे र घाइते बाबुछाेरालाई उपचारका लागि अस्पताल लाँदै गर्दा ज्यान गएकाे प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया