रामकुमारी झाँक्री रिहा

 माघ २९, २०७७ बिहिबार १८:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो । 

राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उहाँकै निवास शंखमुलबाट पक्राउ गरेको थियो ।

उहाँलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।  

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।    

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • RAVI RANJIT

    May 29, 2021, 8:03 p.m.

    नागरिक अधिकार हनन हुन्छ भने कसरी लोकतान्त्रिक गणतन्त्रात्मक देश भनेर मान्न सकिन्छ, जय मातृभुमी नेपाल ।

  •  0 Reply

तपाईको प्रतिक्रिया