गाेरखामा बस र माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

 माघ २९, २०७७ बिहिबार २०:१२:१९ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गाेरखाकाे आबुखैरेनी सडक खण्डअन्तर्गत नाै किलोमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक युवकको ज्यान गएकाे छ । गोरखाको हंसपुरका ३२ वर्षीय केशव दवाडीको ज्यान गएकाे हो ।

दवाडी पछिल्लो समय काठमाण्डौको मनमैजु बस्दै आएका उहाँका आफन्त स्थानेश्वर दुवाडीले बताउनुभयो । गम्भीर घाइते भइ उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा दवाडीकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।

गोरखा बजारबाट चितवन जाँदै गरेको ग १ ख ४५२२ नम्बरकाे बस र विपरीत दिशाबाट आइरहेको वागमती प्रदेश ०२–०२२ प ६४२२ नम्बरकाे मोटरसाइकल बिहीवार दिउँसो पौने ३ बजेतिर ठोक्किएका हुन् ।

दुर्घटनामा गोरखा सिरानचोक ८ का १७ वर्षीय मोटरसाइकल चालक विशाल पन्त घाइते हुनुभएकाे छ । उहाँको भरतपुरकाे चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै सवारी साधनसहित बस चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया