राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्दै

 माघ ३०, २०७७ शुक्रबार ८:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच खेल हुँदैछ । 

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पुलिस ८ खेलमा ११ अंक जोडेर अङ्क तालिकाको चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्क जोडेको छैठौं स्थानमा  छ ।

खेलमा अहिलेसम्म अपराजित एपीएफ भने २४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया