महिला लिगमा पुलिसले चन्द्रपुरलाई हरायाे

 माघ ३०, २०७७ शुक्रबार १७:७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ । 

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको खेलमा पुलिसले चन्द्रपुरलाई तीन–शून्यले हराएको हो । पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले एक/एक गोल गरे । 

लिगमा पुलिसको यो चौथो जित हो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको छ । १४ अङ्क जोडेको पुलिस गोल अन्तरका आधारमा चौथो स्थानमा छ । चन्द्रपुर ६ अङ्कसहित छैटौँ स्थानमा छ । 

शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया