२४ घण्टामा १०४ जनामा काेराेना सङ्क्रमण

 फागुन २, २०७७ आइतबार १७:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय चार जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आइतवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक सय ३१ जना निको भएसँगै अहिलेसम्म दुई लाख ६९ हजार ६० जना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणको कारण नेपालमा पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । काेराेनाका कारण अहिलेसम्म दुई हजार ५४ जनाकाे ज्यान गएकाे छ ।

अहिले नेपालमा १६ सय चार जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया