लागुऔषध काराेबारमा संलग्न नाै जना सार्वजनिक

 फागुन २, २०७७ आइतबार १७:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबारमा संलग्न नाै जनालाई सार्वजनिक गरेको छ । लागुऔषध ब्युरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका लागुऔषध कारोबारमा संलग्न नाै जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरूलाई लागुऔषध एम्फेटामाइन २ सय २२ ग्राम र नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिलीप चौधरीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरू​बाट डाइजेपाम ९२८ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, फेनारगन ६८४ एम्पुल, लुपिजेसिक ७६ एम्पुल गरी कुल नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुल र नगद ९० हजार पाँच सय रुपैयाँ बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरूले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया