राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

 फागुन ३, २०७७ सोमबार ७:५९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका  स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया