भारतकाे मध्य प्रदेशमा बस दुर्घटना : कम्तीमा ३७ जनाकाे ज्यान गयाे

 फागुन ४, २०७७ मंगलबार १४:३२:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालक भएको बताइएको छ ।

मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बिहान बस वाणसागर नदीमा खसेको हो । 

बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भए पनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ । नदीमा खसेकामध्ये सात जना यात्रुलाई बचाउन सकिएको स्थानीय प्रशासनले जनाएको छ ।

बेपत्ता यात्रुहरूको गोताखोरले खोजी गरिरहेका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया