महिला लिग : लगातार ११ औँ हार बेहाेरेकाे चौदण्डीगढी अङ्कविहीन

 फागुन ४, २०७७ मंगलबार १७:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई दुई–एक गाेलले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलवार भएको खेलमा चन्द्रपुरका लागि रजनी थोकर र दिलकुमारी रानाले एक/एक गोल गरे । चौदण्डीगढीकी मनिता तामाङले सान्त्वना एक गोल फर्काइन् ।

चन्द्रपुर ११ खेलमा नाै अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा छ । लगातार ११ औँ हार बेहाेरेकाे चौदण्डीगढी अङ्कविहीन हुँदै पुछारमा छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया