म्यानमार सैन्य 'कू' : आङ सान सुकीमाथि अर्काे आराेप

 फागुन ४, २०७७ मंगलबार २०:१३:१५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – म्यानमारकी विपक्षी नेतृ आङ सान सुकीमाथि अर्काे आराेप लगाइएकाे छ । भिडियाे लिङ्कमार्फत अदालतमा हाजिर गराइएकाे दिन सुकीविरुद्ध दाेस्राे आराेप लगाइएकाे हाे । 

यसअघि सुकीविरुद्ध आयात–निर्यात कानुनलाई तोडेको, गैरकानुनी रूपमा सञ्चार उपकरणहरू कब्जा गरेको, देशकाे प्राकृतिक विपद् कानुनकाे उल्लङ्घन गरेकाे लगायतका आरोप लगाइएको थियो । 

मङ्गलवार जारी गरिएकाे आराेप केसँग सम्बन्धित छ भन्नेबारे खुलाइएकाे छैन ।

यसैबीच म्यानमारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन जारी रहँदा त्यहाँको सेनाले नयाँ चुनाव गराउने र सत्ता त्याग्ने भन्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याएकाे छ । 

सैन्य प्रवक्ता ब्रिग गेन ज मिन टनले विना कुनै प्रमाण चुनावमा धाँधली भएको दाबी गर्दै सेनाले सत्ता हातमा लिएको बताउनुभएको छ । 

गएको फेब्रुअरी १ तारिखमा सैन्य ‘कू’ पछि म्यानमारमा ठूलो सङ्ख्यामा नागरिकहरु सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कँदै गएपछि सेनाले सडकमा आफ्नो उपस्थिति बढाएको छ र केही दिनयता कैयौँ सहरमा बख्तरबन्द गाडी परिचालन गरेको छ ।

सत्ता हत्याएपछि म्यानमारको सेनाको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता ब्रिग गेनले भन्नुभयो, ‘सशस्त्र बल लामो समयसम्म सत्तामा रहँदैन र योजनाबद्ध चुनावपछि जित्ने पार्टीलाई सत्ता सुम्पिने प्रतिबद्धता गर्छ ।’    

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया