अमेरिकामा हिमआँधीका कारण २३ जनाको ज्यान गयो, टेक्सासमा आपतकाल घोषणा

 फागुन ५, २०७७ बुधबार ९:१०:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुकाे ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले असर गरेको छ । टेक्सासमा आपतकाल घोषणा गरिएको छ । विद्युत सेवा बन्द भएको छ । केही राज्यमा विद्यालय बन्द गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया