पुलिस र आर्मीले बराबरी खेल्दा एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि

 फागुन ५, २०७७ बुधबार १५:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक गोलको बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको हो । 

बुधवारकाे खेलमा आर्मीले पुलिसलाई हराएको भए एपीएफले उपाधिका लागि एक जित पर्खनुपर्ने थियो तर आर्मीले पुलिससँग बराबरी खेलेसँगै उपाधि एपीएफले जित्यो । 

बुधवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसकी अमृता जैशीले गोल गर्दै अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । 

११ खेलमा २६ अङ्कका साथ आर्मी दोस्रो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पुलिसको १५ अङ्क छ । 

बुधवार नै दोस्रो खेलमा अहिले एपीएफ र विराटनगर महानगरपालिका खेलिरहेका छन् । अङ्क तालिकाको उपाधि जितिसकेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया