थप १२५ जनामा काेराेना सङ्क्रमण, २४ घण्टामा ज्यान गुमाउनेकाे सङ्ख्या शून्य

 फागुन ५, २०७७ बुधबार १७:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा काेराेना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ ।

यस्तै २४ घण्टामा ९१ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा काेराेना सङ्क्रमण निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।

अहिले नेपालमा एक हजार ६ सय २१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ७४ जनाको सघन उपचार कक्ष (आईसीयू)  र भेन्टिलेटरमा उपचार भइरहेको छ ।  

गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । नेपालमा अहिलेसम्म काेराेनाबाट दुई हजार ५५ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया