जीपले ठक्कर दिँदा बालककाे ज्यान गएपछि कर्णाली करिडाेरमा गाडी आवतजावत बन्द

 फागुन ५, २०७७ बुधबार १८:४७:४९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – बाजुराबाट कालीकोटको लालीघाट आउँदै गरेकाे जीपले ठक्कर दिँदा एक तीन वर्षीय बालककाे घटनास्थलमै ज्यान गएकाे छ । 

रास्कोट नगरपालिका ६ को शान्तिघाट बजारमा खेलिरहेको अवस्थामा गाडीले ठक्कर दिँदा वडा नम्बर ७ का मनोज सिम्खाडाको ज्यान गएकाे प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले बताउनुभयो ।

बुलबुले यातायात समितिको मे १ च ११४९ नम्बरको जीपले ठक्कर दिँदा बालककाे ज्यान गएको हो । जीप चालक उमाकान्त पाठक प्रहरी नियन्त्रणमा रहेका छन् । पीडित पक्षले अहिले कर्णाली करिडोरमा गाडी आवतजावत बन्द गरेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया