अस्ट्रेलियन ओपनबाट बाहिरिए राफेल नाडाल

 फागुन ५, २०७७ बुधबार २०:२५:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – स्पेनका टेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन २०२१ काे क्वार्टरफाइनलकाे खेलमा स्टेफानाेस सिटसिपाससँग पराजित भएका छन् । 

याे हारसँगै नाडालाकाे कीर्तिमानी २१ औँ पटक ग्राण्ड स्लाम जित्ने सपना अधुरै भएकाे छ ।  

ग्रीसका सिटसिपासले नाडाललाई पाँच सेटसम्म चलेकाे प्रतिस्पर्धामा ३-६, २-६, ७-६, ६-४, र ७-५ ले हराए ।  

नाडाललाई अस्ट्रेलियन ‌ओपन जित्ने प्रबल दाबेदारका रूपमा हेरिएकाे थियाे तर अब नाेभाक जाेकाेभिचमाथि सबैकाे नजर हुनेछ ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया