नेकपाका दोस्रो तहका नेताहरु एकता जोगाउने पहलमा
फागुन १८, २०७७ मंगलबार
काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानले आज ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएकाे कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिबिम्बन हुने गरी कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्ध माग गरिएको थियो । कविता र निबन्ध दुवै विधातर्फ प्रथमतर्फ ५० हजार रुपैयाँ, द्वितीयतर्फ ४० हजार रुपैयाँ र तृतीयतर्फ ३० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार रहेको सदस्य सचिव प्रा उपाध्यायले जानकारी दिनुभयो ।