महिला लिगमा चाैदण्डीगढी जितविहीन

 फागुन ७, २०७७ शुक्रबार १६:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको खेलमा पुलिसले चौदण्डीगढी नगरपालिकालाई दश–शून्यले हराएको हो । पुलिसको जितमा निरु थापाले चार गोल गरिन् । यस्तै निर्मला विकले तीन, सुनकला राई र अमृता जैशीले एक/एक गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो ।

यो जितसँगै पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । पुलिसले १२ खेलमा १८ अङ्क जोडेको छ । चौदण्डीगढी लिगमा जितविहीन भयो । उसले पुछारमा रहेर लिग सकाएको छ । लिगको उपाधि एपीएफले यसअघि नै जितिसकेको छ ।

समापन समारोहअघि अहिले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा एपीएफ र आर्मी खेल्दैछन् । अहिलेसम्म खेलेका ११ खेल जितेको एपीएफ ३३ अङ्कसहित शीर्ष स्थानमा छ । उपविजेता आर्मीको २६ अङ्क छ ।

प्रतियोगिताको विजेताले १५ लाख, दोस्रोले आठ लाख, तेस्रोले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया