नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित

 फागुन ७, २०७७ शुक्रबार २०:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल स्थगित भएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाल र चाइनिज ताइपेईबीच तय भएको खेल स्थगित भएको जनाएको छ ।

नेपालले दशरथ रङ्गशालामा आउँदाे मार्च २५ अर्थात् चैत १२ गते ताइपेईसँग खेल्ने तालिका रहेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित भएको एएफसीले जनाएको छ ।

कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा हुने एसियन कप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी रहेको छ । समूह 'बी' मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया