बालुवा खानीमा पुरिएर पाल्पामा दुई जनाको ज्यान गयो

 फागुन ८, २०७७ शनिबार १८:४७:२० | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा बालुवा खानीमा पुरिएर दुई जनाको ज्यान गएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ बालीपोखराका १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको ज्यान गएको हो ।

स्थानीय छेबकुन भन्ने स्थानमा रहेको बालुवा खानीमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि स्थानीय मेडिकल लाने क्रममा बाटोमा ज्यान गएको हो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया