हरिहर-सावित्री स्मृति पुरस्कार राजेश्वर नेपालीलाई

 फागुन ९, २०७७ आइतबार १०:३०:२ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ साहित्यकार राजेश्वर नेपालीलाई हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरिएको छ ।

काठमाण्डौको अपराजिता फाउण्डेशनद्वारा आयोजित कार्यक्रमका बीच उहाँलाई याे पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा त्रिवि केन्द्रीय हिन्दी विभागका प्रमुख डा सञ्जिता वर्माले उहाँलाई पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो । 

पुरस्कृत व्यक्तित्व नेपालीले आफूले  पत्रकारिता र साहित्य साधनाका लागि विसं २०४३ देखि अहिलेसम्म दर्जनौँ पुरस्कारबाट पुरस्कृत तथा पाँच दर्जनभन्दा बढी संस्थाबाट सम्मानित भए तापनि  फाउण्डेशनले पुरस्कृत गरेकामा खुसी व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयो, 'यसले मलाई अझ निर्भीक पत्रकारिता र साहित्य साधनामा थप ऊर्जा प्रदान गर्नेछ ।'

वरिष्ठ साहित्यकार चन्द्रशेखर राय चमनले नेपालीको ६ दशकको दीर्घ पत्रकारिता तथा साहित्य साधना सबैका लागि प्रेरणादायी रहेको बताउनु भयाे ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया