झण्डै ७ लाख ५० हजार बेरोजगारको सूचीमा दर्ता, १२ हजार ७ सयले पाए काम

 फागुन ९, २०७७ आइतबार १७:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्ष ७ लाख ४३ हजार १६२ जना बेरोजगारको सूचीमा दर्ता भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार माघ २९ गतेसम्म देशभरीका ७ लाख ४३ हजार १६२ जना बेरोजगारको सूचीमा दर्ता भएका हुन् । बेरोजगारको सूचीमा दर्ता भएका मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अहिलेसम्म १२ हजार ७४९ जनाले रोजगारी पाएका मन्त्रालयले जनाएको छ ।

सरकारले गएको कात्तिकमा रोजगार सेवा केन्द्रमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा संलग्न गराई रोजगारी दिन भन्दै ५६९ पालिकामा ३ अर्ब रुपैयाँ सशर्त अनुदान पठाएको छ ।

पालिकाहरुमा सञ्चालित सार्वजनिक निर्माण कार्यमा श्रममूलक विधिबाट आयोजना कार्यान्वयन गराई २ लाख जनालाई रोजगारी उपलब्ध गराउने सरकारले लक्ष्य लिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया