पहिलो टी–२० मा न्युजिल्याण्डले अस्ट्रेलियालाई ५३ रनले हरायो

 फागुन १०, २०७७ सोमबार १६:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेट न्युजिल्याण्डले ५३ रनले जितेको छ । क्रिस्टचर्चमा पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो ।

जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७ ओभर ३ बलमा एक सय ३१ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका लागि मिचेल मार्शले सर्वाधिक ४५, एस्टन अगरले २३ र एडम जाम्पाले अविजित १३ रन जोडे । न्युजिल्याण्डका इश सोधीले चार विकेट लिए । त्यस्तै टिम साउथी र ट्रेण्ड बोल्टले दुई/दुई विकेट लिए । 

न्युजिल्याण्डका लागि डेभन कोन्वेले अविजित ९९ रन बनाए । अस्ट्रेलियाका ड्यानिल साम्स र झे रिचार्डसनले दुई/दुई विकेट लिए । जितसँगै पाँच खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया न्युजिल्याण्ड भ्रमणमा छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया