शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय ५६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९० जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार नौ सय ६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणका कारण दुई हजार ६१ जनाकाे ज्यान गएकाे छ ।
अहिले नेपालमा एक हजार पाँच सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ४३ जनाको आईसीयू र ११ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।