प्रिमियर लिग : ब्राइटनसँगकाे खेलमा क्रिस्टल प्यालेस विजयी

 फागुन ११, २०७७ मंगलबार ६:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसका लागि माटेटाले २८ औं र बेन्टेकेले अतिरिक्त समयमा एक/एक गोल गरेका हुन् । यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरेका हुन् ।

लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३ औं स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया