नासाको अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गरेको अद्भुत भिडियाे सार्वजनिक

 फागुन ११, २०७७ मंगलबार ७:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियाे सार्वजनिक गरेको छ ।  

भिडियोमा गएको हप्ता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । भिडियोमा रोबाेटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको बीबीसीले जनाएको छ ।

भिडियाेमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबोट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसको नजिक आएको देखिन्छ ।

अन्तरिक्ष यान पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको थियो । नासाले यानमा क्यामेराहरू बाँधेर पठाइएको थियो । सात वटा क्यामेरा यानको अवतरणको रेकर्डिङका लागि मात्रै राखिएको थियो ।

एक हजार किलोग्राम ताैल भएको उच्च प्रविधियुक्त रोबाेटमा सातवटा उपकरण, कयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ । यस्तै, अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।

छ वटा पाङ्ग्रा भएको नासाको अन्तरिक्ष यान सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर गएको ७ गते मङ्गल ग्रहमा पुगेको हो ।

हेर्नुहाेस् भिडियाे :

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Gopi

    Feb. 24, 2021, 5:34 p.m.

    यो भिडियो गोप्य राखे हुने। ओलि र तिन्का साइबर सेनाले फेला पारे भने ओलिको सफलता भनेर नासा लाई नै झुक्याइदिन बेर लाग्दैनन।😀😀😎😎😎

  •  0 Reply

तपाईको प्रतिक्रिया