सुनको भाउ ११ सय रुपैयाँले बढ्यो

 फागुन ११, २०७७ मंगलबार ११:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको छ ।

आज सुनकाे भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ ।

अस्ति आइतवार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य हिजो भने स्थिर थियो ।  तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो । त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया