सहिद स्मारक 'बी' डिभिजन लिगमा नयाँ बस्तीकाे विजयी सुरुवात

 फागुन ११, २०७७ मंगलबार १७:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युवा कल्बले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलवार भएको पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई दुई–एकले हराएको हो ।

नयाँ बस्तीका सचु गुरुङ र अवय धिमालले एक/एक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए ।

‘बी’ डिभिजन लिग फुटबल मङ्गलवारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण गएको चैत ५ गते लिग स्थगित भएको थियो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया