जिल्ला अदालत माेरङ परिसरबाट भागेका २ जना थुनुवा अझै भेटिएनन्, भारततर्फ गएकाे अनुमान

 फागुन ११, २०७७ मंगलबार १५:२२:५२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – जिल्ला अदालत मोरङ परिसरबाट भागेका दुई जना थुनुवा अझै भेटिएका छैनन् । लागुऔषधसहित पक्राउ परेका कटहरी गाउँपालिका ४ का मनराज शेख र झापाको बिर्तामोड नगरपालिका ५ का प्रकाश चौधरी साेमवार जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका हुन् ।

अदालतबाट पाँच दिनको म्याद थपिएपछि क्यान्टिनमा खाजा खाने क्रममा भागेका उनीहरूको खोजी भइरहेको र अहिलेसम्म पत्ता नलागेको प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाले जानकारी दिनुभयो ।

हतकडीसहित भागेका उनीहरू भारततर्फ गएको प्रहरीको अनुमान छ । प्रहरीको मोवाइलबाट फोन गरेको केहीबेरमा भागेका हुनाले कसैलाई बोलाएर भागको हुन सक्ने र यसमा प्रहरीको मिलेमतोका बारेमा समेत अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनुभयो ।

फरार रहेका दुवै जनालाई गएकाे आइतवार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले खैरो हिरोइनलगायतका लागुऔषधसहित पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया