दिनभरको उतारचढावपछि २१ अङ्कले घट्यो नेप्से, निफ्राको ७४ करोड रुपैयाँको शेयर कारोबार

 फागुन ११, २०७७ मंगलबार १५:२८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से २१ अङ्कले घटेको छ ।

मङ्गलबार बजार खुल्नेबित्तिकै घट्न थालेको नेप्से एक बजेको समयमा २५ सय १९ विन्दुसम्म झरेको थियो । फेरि सुधार हुँदै बजार बन्द हुने बेलासम्म नेप्से २१ दशमलव १६ अङ्कले घटेर २५ सय ८६ दशमलव ५१ विन्दुमा रोकिएको छ ।

मङ्गलबार व्यापार समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर झण्डै आठ अङ्कले,  होटलको साढे ३१ अङ्कले,  विकास बैंकको ३०, जलविद्युतको १२, फाइनान्सको सात, निर्जीवन बीमाको ५२, उत्पादनको ९६, अन्यको ५१, माइक्रो फाइनान्सको ५ र जीवन बीमा समूहको शेयर २० अङ्कले घटेको छ ।

दुई सय पाँच कम्पनीका एक करोड ७६ लाख कित्ता शेयर आठ अर्ब ५३ करोड ९७ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै निफ्राको ७३ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो । निफ्राको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

समग्र बजार घटे पनि मङ्गलबार नेपाल फाइनान्स, अपी पावर, लिवर्टी इनर्जी र हिमालयन पावरका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया