२४ घण्टामा काेराेना सङ्क्रमणबाट चार जनाकाे ज्यान गयाे

 फागुन ११, २०७७ मंगलबार १६:४१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको ज्यान गएको छ । अहिलेसम्म काेराेना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा एक सय १० कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै थप एक सय दुई जना निको भएसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको छ । 

अहिले नेपालमा एक हजार पाँच सय ३३ जना आइसाेलेशनमा रहेका मन्त्रालयले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया