सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटारले पुल्चाेकलाई हरायाे

 फागुन ११, २०७७ मंगलबार २०:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाँच–दुई गोल अन्तरले पराजित गरेको छ ।

खुमलटारलाई जित दिलाउन महेश राईले दुई गोल गर्दा कप्तान सबिन केसी, आयुष घलान र मनिष सेढाईंले एक/एक गोल गरे । पुल्चोकका मीनबहादुर गुरुङ र किश्मत लिम्बुले एक/एक गोल फर्काए ।

जितसँगै खुमलटारले ६ खेलमा १६ अङ्क जोडेको छ । पुल्चोकको ६ खेलमा एक अङ्क रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया