इबोलाको महामारी फैलिएको गिनीमा खोप अभियान सुरु

 फागुन १२, २०७७ बुधबार ७:२८:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफ्रिकी देश गिनीले इबोला विरुद्धको खोप अभियान सुरु गरेको छ । इबोला महामारी फेरि फैलिएपछि गिनीले खोप अभियान सुरु गरेको हो ।

गिनीमा इबोेलाका कारण केही व्यक्तिको ज्यान गइसकेको छ । त्यहाँका सरकारी अधिकारीका अनुसार गएको फेब्रुअरी १४ तारिखमा पहिलो पटक इबोला देखिएको क्षेत्रमा खोप अभियान सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान थालिएको जनाएको छ ।

संगठनले जोखिममा रहेका नागरिक र अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइने पनि जनाएको छ । इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको ज्यान गएको थियो । अफ्रिकी देश गिनी, लाइबेरिया र सेरालियोन इबोलाका कारण बढी प्रभावित देश हुन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया