इक्वेडरमा कारागारमा भएको झडपमा ७५  जनाको  ज्यान गयो, केही घाइते

 फागुन १२, २०७७ बुधबार १२:११:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इक्वेडरमा तीन वटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५  जनाको  ज्यान गएको छ । केही घाइते भएका छन् ।

हिजो मंगलबार विरोधी समूहबीच झडप हुँदा ७५ जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । चक्कु र गोली प्रहारबाट यति धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इक्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा हिजाे रातिको समयमा झडप भएको हो ।  ८ सय प्रहरीको मद्दतमा प्रशासनले  कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको खबरमा उल्लेख गरिएको छ । कारागारहरुमा केही एम्बुलेन्सहरु अझै देख्न सकिन्छ ।  
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया