थप ९४ जनामा काेराेना सङ्क्रमण, ७१ जना डिस्चार्ज

 फागुन १२, २०७७ बुधबार १७:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ ।

यस्तै थप ७१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार एक सय ३९ पुगेको छ । अहिले नेपालमा १५ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप एक जनाको काेराेनाबाट ज्यान गएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण दुई हजार ६६ जनाले ज्यान गुमाएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया