कांग्रेस पदाधिकारी बैठक बस्दै

 फागुन १३, २०७७ बिहिबार ८:४७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको उहाँको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ ।

पार्टीका पूर्व पदाधिकारीसमेत सहभागी हुने बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछि कांग्रेसको अबको रणनीति, नेकपाको प्रचण्ड-नेपाल समूहको प्रस्तावलगायतबारे छलफल हुने कांग्रेसका नेताहरुले बताएका छन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हिजो सभापति निवास बुढानीलकण्ठ पुगेर सत्ता साझेदारीको प्रस्ताव गरेका थिए ।

त्यही प्रस्तावमाथि विशेष छलफल गर्न र नेपाली कांग्रेसको अबको भूमिकाबारे रणनीति बनाउने पदाधिकारी बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद रहेका छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया